ताजा अपडेट »

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

शुक्रबार, १२ माघ २०८०, १२ : ३८
286 Shares
शुक्रबार, १२ माघ २०८०
286 Shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो । 

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् । 

२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।