ताजा अपडेट »

लक्ष्यअनुसार राजश्व उठ्न सकेन: अर्थमन्त्री महत

शुक्रबार, १२ माघ २०८०, ११ : ५०
270 Shares
शुक्रबार, १२ माघ २०८०
270 Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन्। 

राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाई छ । ‘धेरै व्यवसाय डिजिटलबेस भएको छ। हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने त्यसलाई क्याप्चर गर्न सक्दैनौँ। त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो लिन हामी सक्दैनौँ, यसमा आन्तरिक राजस्व कार्यालय अझ अगाडि बढ्नुपर्ने अवस्था छ।’ उनले भने । 

आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए । पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको मन्त्री महतको दाबी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।