ताजा अपडेट »

नागरिक पहिलो अभियान नेपालको जागरण गित सार्बजनिक

शुक्रबार, १२ माघ २०८०, ११ : ३४
402 Shares
शुक्रबार, १२ माघ २०८०
402 Shares

बुटवल । नागरिक पहिलो अभियान, नेपालको केन्द्रीय कार्यालयले आफ्नो अभियानको पहिलो  जागरण गित यही माघ १० गतेका दिन नागरिक पहिलो अभियान ,नेपालको आफ्नै युटुब च्यानल मार्फत  सार्बजनिक गरेको हो ।

नागरिक पहिलो अभियान ,नेपालका केन्द्रीय अभियान्ता मिलनकान्छा किराँतीको शब्द रहेको उक्त गितको सङ्गीत डिआर अटुले तयार गरेका हुन भने यसको स्बर राष्ट्रिय कलाकार सत्यकला राई,भोजराज भट्ट ,निरुता खत्री ,दर्पण बाम्बुले र परेश राइको रहेको छ । यस गित निर्माणको बेबस्थापन राजु कार्कीले गरेका छन । यश गित लाई नागरिक  पहिलो अभियान नेपाल का केन्द्रीय कार्यदलका सदस्य नारायण खनालले आफ्नो  सामाजिक संजाल  फेशबुक मार्फत सेयर गर्दै जनताको पक्षमा  पहिलोपटक एउटा बेजोड प्रस्तुति  भएको बताएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।