बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।
प्रतिक्रिया