ताजा अपडेट »

सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

विहीबार, ११ माघ २०८०, १२ : ००
240 Shares
विहीबार, ११ माघ २०८०
240 Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको हो । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।यता, आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।