ताजा अपडेट »

प्राइम कमर्सियलको एक्सटेन्सन काउन्टर अब तिलोत्तमाको शिबपुरमा

बुधबार, १० माघ २०८०, १४ : ०५
264 Shares
बुधबार, १० माघ २०८०
264 Shares

शिबपुर । प्राईम कमर्सियल बैँकको एक्सटेन्सन काउन्टर तिलोत्तमा ८ शिबपुरमा सुरु भएको छ। तिलोत्तमा नगरपालीकाका नगरप्रमुख रामकृष्ण खाँडले एक कार्यक्रमका बिच काउन्टरको उद्घाटन गर्दै बैंकको पहुँचबाट थोरै पर रहेको शिबपुरमा प्राईमको शाखा आउनु गौरबको बिषय रहेको बताए।

प्राईम कमर्सियल बैंक प्रदेश प्रमुख कुशसुधन सिँहको अध्यक्षता  ,तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यता,केन्द्रीय कार्यालयका सहायक महाप्रबन्धक शुरेश मान सिँहको बिशिस्ट आतिथ्यता, तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण पौडेल , वडा नं ११ अध्यक्ष बिष्णु बरालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्राईम कमर्सियल  भलबारीका शाखा प्रबन्धक ध्रुव भण्डारीले गरेका थिए ।

देशभरिमा २०० बढि शाखा रहेको प्राईम कमर्सियलको रुपन्देहीमा ७ वटा शाखा रहेको तथा पहिलो एक्सटेन्सन काउन्टर शिवपुरमा सुरुवात भएको भलवारी शाखाका कर्जा विभागका दिनेश गैर्हेले बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।