ताजा अपडेट »

केन्द्रीय आन्दोलन परिचालन समितिको  संंयोजकमा: सिंह

बुधबार, १० माघ २०८०, ११ : ५०
642 Shares
बुधबार, १० माघ २०८०
642 Shares

बुटवल ।  नागरिक पहिलो अभियान नेपालको  केन्द्रीय आन्दोलन  परिचालन समितिको संयोजकमा अभियान्ता प्रशान्त सिंह लाई चयन गरिएको  छ । गत मंङ्गसिर ११–१२ गतेका  दिन काठमाडौंको कोटेस्बर स्थित  रिसोर्टमा एउटा भब्य समारोहबीच , पहिलोपटक  नागरिक  पहिलो  अभियान ,नेपालको घोषणा भएको थियो । अभियानको  घोषणा सभामा  अभियान्ता केसब दहालले देशका मुख्य पाँच समस्या , पाँच समाधानका उपाय, पाँच काम र पाँच  महिनाको अभियानको  स्पष्ट मार्गचित्र  प्रस्तुत गरेका थिए । सोही सभामा अभियान संचालन का निम्ति ५१ सदस्य केन्द्रीय कार्यदलको समेत नितिगत निर्णय  गरेको थियो । अभियानले  त्यस यता आफ्ना गतिविधिहरु लाई तिब्रगतिमा अगाडि बढाउदै आएको छ ।

अभियानले ,सबैको  स्बभिमान र  सबैको समृद्धी प्राप्तिको निम्ति  नेपालमा , राजनीतिको पुनः संरचना र लोकतन्त्रको सर्बिसिङ्ग अनिवार्य बन्न गएको बताउदै  आएको छ । अभियानको यही माघ ६ गतेका दिन  बसेको केन्द्रिय भर्चुअल बैठकले सिंहलाई सर्वसम्मत चयन गरेको हो । यसै बैठकले देशका सातवटै प्रदेशहरुमा नागरिक पहिलो घोषणा सभा तथा अभिमुखिकरण कार्यक्रम गर्ने तय गरेको छ । जस  अन्र्तगत कोशी प्रदेशको इटहरीमा फागुण ३ गते, मधेश प्रदेशको बिरगञ्जमा फागुण ५ गते, बागमती प्रदेशको काठमाडौँ फागुण २६ गते, गण्डकी  प्रदेशको फागुण १९ गते पोखरा, लुम्बिनी प्रदेशको बुटवलमा फागुण २१ गते, कर्णाली प्रदेशको धनगढीमा फागुन २२ गते र सुदुरपश्चिम प्रदेशको डडेलधुरामा फागुण २३ गते गर्ने निर्णय गरेको छ ।

 को हुन प्रशान्त सिंह ?

अमेरिकाको हार्बड युनिभर्सिटीमा  अध्ययन गरेका सिंह बिरगंजका बासिन्दा हुन । उनी तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संस्थापक केन्द्रीय कार्यकारी  समितिका सदस्य तथा प्रबक्ता  थिए । तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजबादी पार्टी बीचमा एकता भइ बनेको  समाजबादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्य तथा अर्थ बिभाग प्रमुख थिए । महन्त ठाकुरले नेतृत्व  गरेको  लोसपा सहित एकता भइ बनेको जसपा नेपाल बन्दा त्यो  पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य थिए ।

जसपा बिभाजन हुदा डा.बाबुराम भट्टराईको  पक्षमा उभिएरका सिंह, डा. बाबुराम भट्टराईको नेतृत्वमा ,नेपाल समाजबादी पार्टी  बन्दा त्यसको केन्द्रीय कार्यकारी  सदस्य थिए ।  त्यो  पार्टीको  केन्द्रीय कार्यकारी समितिको  पहिलो बैठक बाटै बाहिरिएका सिंहको मान्यता थियो  ःदेशमा एउटा मौलिक नयाँ ढङ्गको पार्टी बनाएर जाने । उहाँको त्यो  प्रस्ताव माथि भट्टराईले   खासै रुचि नदेखाएपछि उनले  आफ्नो  सामाजिक संजाल   फेशबुक मार्फत  उक्त पार्टी  परित्याग  गरेको घोषणा गरेका थिए । राजनीति , अर्थतन्त्र , समाज र अन्तर्राष्ट्रिय  मामिलाका  विशेष जानकार मानिन्छन् । सिंह सुरु देखि नै  नेपालमा परम्परागत राजनैतिक दलहरुको बिकल्पमा , बैकल्पिक तर मौलिक नयाँ ढङ्गको पार्टी  निर्माणका पक्षमा  एडभोकेसी गर्दै आएका छन । हाल उनी त्यो  प्रयोजनको निम्ति  नागरिक  पहिलो अभियान  मार्फत त्यसको  आधार भुमि  तयार  गर्ने काममा सकृय  छन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।