ताजा अपडेट »

लागूऔषधसहित पाँचजना पक्राउ

मंगलबार, ०९ माघ २०८०, १६ : ४६
108 Shares
मंगलबार, ०९ माघ २०८०
108 Shares

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ  परेका छन् ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने झापा घर भएका १९ वर्षीय अनमोल लामा समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ रानी बस्ती बस्ने मोहम्मद रब्बानी मिया र २९ वर्षीय मोहम्मद अख्तर मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।