ताजा अपडेट »

महानगरको निर्णयविरुद्ध सटर बन्द गरेर व्यापारी सडकमा

मंगलबार, ०९ माघ २०८०, १३ : ५५
100 Shares
मंगलबार, ०९ माघ २०८०
100 Shares

काठमाडौं । काठमाडौं महानगरले न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध गरेपछि सो क्षेत्रका व्यापारी सडकमा उत्रिएका छन् । 

न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने महानगरपालिकाले निर्णयविरुद्ध मंगलबार व्यापारीहरु सटर नै बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् । 

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरु सटर नै बन्द गरेर  वडा कार्यालय पुगेर निर्णय सच्याउन पनि माग गरेका छन् । 

मंगलबार  धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।