ताजा अपडेट »

करिब ५० किलो गाँजासहित दुई जना पक्राउ

सोमबार, ०८ माघ २०८०, १७ : ००
182 Shares
सोमबार, ०८ माघ २०८०
182 Shares

मकवानपुर ।  थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रण बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।