ताजा अपडेट »

तिलोत्तमाका ९ महिने बालकलाई स्पाइनल मस्कुलर एट्रोफी, सहयोगको अपिल

सोमबार, ०८ माघ २०८०, ०९ : ४९
604 Shares
सोमबार, ०८ माघ २०८०
604 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा बस्दै आएका सिर्जना भट्टराई बिस्ट र महेन्द्र बिष्टका ९ महिने छोरा सिर्जम बिष्ट संसारमै दुर्लभ मानिने रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित भएका छन् । पाल्पाको तानसेन नगरपालिका–११ घर भई हाल तिलोत्तमा बस्दै आएका उनको परिवारले सहयोगका लागि अपिल गरेको हो ।

स्पाइनल मस्कुलर एट्रोफीको उपचार निकै महङ्गो हुने भएकाले परिवारले सहयोगका लागि अपिल गरेको छ । वंशाणुगत रूपमा लाग्ने यो रोग लागेपछि मांसपेशीहरू कमजोर हुने, अशक्तता, मेरूदण्डको स्कोसिसमा समस्या र फोक्सोको कार्यमा अवरोध भई श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा स्पाइनल मस्कुलर एट्रोफी रोग लाग्ने र उपचारका लागि करिब २६ करोड खर्च लाग्ने बुबा महेन्द्र बिष्टले बताए । बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएको करिब ९ महिनासम्म पनि सामान्य बच्चा जस्तो बामे सर्ने, लडीबुडी गर्ने जस्ता क्रियाकलाप गर्न सक्दैन । डाक्टरको सल्लाह अनुसार बच्चालाई १८ महिना भित्र जोजेन्सामा नामक खोप लगाउनुपर्ने उनले बताए ।

परिवारले सहयोग गर्न चाहनेहरुको लागि फोन नम्बर आमा सिर्जना बिष्ट ९८४९९०७५०५ , बुवा महेन्द्र बिष्ट ९८४७१०१४७८ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।