काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष पन्चासिंह विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । १५ वर्ष अघि भएको हत्याको घटनामा सम्लग्न भएको आरोपमा उनीसहित ६ जनालाई विरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
कालिकोट का १७ वर्षीय राजबहादुर मल्ललाई कर्तब्य गरी मारेको अभियोगमा गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पूर्जी जारी भएको प्रहरीले बताएको छ। २०६५ फागुन २६ गते साँझ कालिकोटका मल्लको सुर्खेतको वीरेन्द्रनगरस्थित जनमाविमा हत्या भएको थियो।
हत्याको अभियोगमा २०६५ सालमै प्रहरी कार्यालयमा सिंहसहित ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। तर उनीहरुले राजनितीक पहुंचका आधारमा उन्मुक्ती पाउँदै आएका थिए। अहिले किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पूर्जी जारी भएको हो।
प्रतिक्रिया