विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे । उक्त अस्पतालकाे उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर काेइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने प्रदेश सरकारकाे तयारी छ ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएकाे बजेटमार्फत शैलजा आचार्य हृदय राेग केन्द्र अस्पताल सञ्चालनकाे घाेषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भाैतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएकाे प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा. सुधा देवकाेटाले बताइन् ।
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता काेइराला, मुख्यमन्त्री कार्की, प्रदेश याेजना आयाेगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएकाे तयारीकाे आइतबार अनुगमन गरेका छन् । उनीहरूले अस्पतालसँगै रहेकाे प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे समेत अनुगमन गरेका हुन् । उक्त प्रयाेगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूकाे आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेकाे हाे । अनुगमनका क्रममा कांग्रेस नेता काेइराला लगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयाेगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।
अनुगमनपछि काेइरालाले हृदय राेग उपचारका लागि शैलजा आचार्य हृदय राेग केन्द्र उपयुक्त भएकाे बताएका छन् । उनले यस अस्पतालले काठमाडाैं बाहिर बिरामीहरूकाे हृदय राेगकाे उपचारकाे ढाेका खुलेकाे बताएका हुन् ।मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका हृदय राेगका बिरामीहरूकाे उपचार संघीय सरकारकाे एक लाख र प्रदेश सरकारकाे एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् । उनले याे अस्पताल सञ्चालनले काेशी प्रदेशका साथै मधेस प्रदेशका हृदय राेग बिरामीलाई काठमाडाैं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाकाे अन्त्य भएकाे बताएका हुन् ।
प्रतिक्रिया