ताजा अपडेट »

तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

आइतबार, ०७ माघ २०८०, १५ : ५७
242 Shares
आइतबार, ०७ माघ २०८०
242 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरपालिका भित्रका सर्भिस लेनमा साईकल लेन निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ।

नगरपालिकाका इन्जिनियर युवराज पन्थीले आफू सहितका प्राबिधिकबाट अबलोकन भएको बताउदै बाटो लाइनिङ्ग पेंटिंग गर्ने कार्य भैरहेको बताए। उनले तिलोत्तमा नगरपालिका भित्रका सर्भिस लेनको एक साइडमा साइकल लेनको शुरुवात भएको जानकारी दिए।

साइक्लिङ क्लबहरुले पटक पटक माग गर्दै आएको विषयलाइ मुख्य हाईवेमा नभएपछि सर्भिस लेनमा सम्बोधन गरेको भन्दै क्लबहरु खुसी भएका छन। उनीहरुले साईकल लेनलाइ साईकल मात्रै गुड्ने लेन बनाउन सबै सवारी चालकले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।