ताजा अपडेट »

तिनाउका सामुदायिक वन: "संरक्षणका लागि वडागत अभियान"

शनिबार, ०६ माघ २०८०, १८ : ३४
216 Shares
शनिबार, ०६ माघ २०८०
216 Shares

पाल्पा । सामुदायिक वन समन्वय समिति,तिनाउ-पाल्पाले  तिनाउ गाउँपालिका वडा नं.३ भित्रका सामुदायिक वन उपभाेक्ता समूहहरुका अवस्था अध्ययन तथा अवलाेकन कार्यक्रम अन्तर्गत रहेर "संरक्षणका लागि वडागत अभियान" कार्यक्रम  झुम्सामा शनिवार सम्पन्न गरेकाे छ । 

उक्त कार्यक्रमका प्रमुख अतिथि, तिनाउ गाउँ कार्यपालिकाकी सदस्य पम्फा मगरले सामुदायिक वन समन्वय समितिले वडाभित्र रहेका सामुदायिक वन उपभाेक्ता समूह र धार्मिक वनलाई एकै ठाउँमा भेला गराई आ-आफ्ना वनका अवस्था, समस्याका बारेमा बाेल्न दिएकाेमा धन्यवादज्ञापन गरिन् । साथै सबै सामुदायिक वनहरुले आफ्ना साधारणसभा,अधिवेशन तथा अडिट समयमै सम्पन्न गर्न समेत उनले अनुराेध गरिन् ।

उक्त कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले वन,वातावरण र जैविक विविधता संरक्षणमा समन्वय समितिले खेलेकाे भूमिका प्रष्ट पार्दै सामुदायिक वनलाई सशक्तिकरण गर्नका लागि आफूहरुले पालिकाभित्र रहेका सबै वनलाई समेटेर  यस्ताे अभियान सञ्चालन गरेकाे बताए । अध्यक्ष गुरुङले वनलाई उद्यम  र कृषि-वनसँग जाेड्नका लागि समेत अपील गरे ।  दाेभान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले  सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक उन्नतिसँग जाेड्न क्रियाशील रहेकाे बताउँदै समन्वय समितिले सबै उपभाेक्तालाई कृषि सहकारीसँग जाेड्न सहयाेग गर्नुपर्ने संस्थाका सल्लाहकार राजेश श्रेष्ठले अनुराेध गरे । 

उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवम् प्रतिनिधिहरुका तर्फबाट दिलकुमारी राेका,गुरुप्रसाद शर्मा,सावित्रा पाण्डेय,उमा पाण्डेय,दलबहादुर रास्काेटी,गंगाबहादुर पुन, ध्रुव चिदी,नारायणी पाण्डेय, देवप्रसाद पाैडेल,जगबहादुर क्षेत्री,माया तरामी,ऋषिराम थापा,निषा तरामी मगरले  वडा नं .३ भित्र रहेका सामुदायिक वनहरुलाई डढेलाेका कारण समस्याग्रस्त बनाएकाे,ढलापढा बेचविखन गर्न नपाउँदा आम्दानी घटेकाे, समूहकाे आर्थिक अभावका कारण अडिट गर्न सकस परेकाे ,डिभिजन वन कार्यालयले खाता बन्द गरिदिएकाे, वनका बाँदर, दुम्सी, चितुवा लगायतका वन्यजन्तुले खेतीपातीमा समस्या पुराएकाे र सरकारले सामुदायिक वनभित्रका दालचिनी लगायतका काष्ठ उत्पादनमा कर लगाउँदै बेच्न कठिन बनाएकाे गुनासाे गरे । साथै सहयाेगका लागि समन्वय समितिले भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरुले जाेड दिएका थिए । 

सिद्वबाबा धार्मिक वनका अध्यक्ष सन्ताेष शेरचनले सीमानामा हुने चाेरी निकासीका कारण धार्मिक वनलाई जाेगाउन मुस्किल भएकाे गुनासाे गरे । उनले सिद्वबाबा सुरुङ निर्माणले जंगल र तिनाउ नदीमा समेत क्षति पुग्दै गएकाे बताए ।  साेही अवसरमा तिनाउ सब डिभिजन वन कार्यालय,दाेभानका फरेष्टर नारायण घिमिरेले सहभागीका जिज्ञासाहरुलाई समाधान गर्दै आगामी दिनमा आफ्नाे कार्यालयले गर्नुपर्ने काममा कुनै ढिलाई नहुने प्रतिवद्वता जनाए ।

साेही कार्यक्रममा समृद्धिका लागि वन परियाेजनाका तिनाउ प्राविधिक रमेश थापाले आफ्नाे परियाेजनाका बारेमा अभिमुखीकरण गरेका थिए । बुटवल उपमहानगरपालिकाका वन अधिकृत राेहित   भुसालले तिनाउका जलाधार संरक्षणका लागि वन जाेगाउनु पर्ने बताए । कार्यक्रमकाे आवश्यकता ओैचित्यका बारेमा जानकारी गराउँदै समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागीहरुलाई स्वागत गरेका थिए । काेषाध्यक्ष विनाेद बस्यालकाे सञ्चालन र उक्त अभियानका संयाेजक दिनेश जीसीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।