ताजा अपडेट »

तिलोत्तमामा महिलाहरुको लगानीमा १५ शैय्याको महिला तथा बाल अस्पताल सञ्चालन

शनिबार, ०६ माघ २०८०, १२ : ४८
438 Shares
शनिबार, ०६ माघ २०८०
438 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीबाट ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा-४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा अधिकांश महिलाहरुको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले लिएका छन् ।


सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपेरिटेन्डेन डा. शर्मिला शर्माले जानकारी दिइन । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालले गत जेष्ठबाट निःशुल्क सेवा र श्रावणबाट नियमित सेवा दिईरहेको बताउँदै डा. शर्माले आगामी दिनमा सय शैय्यामा बिस्तार गरिने जानकारी गराइन।  हालसम्म १७ सय बढीलाई सेवा प्रदान गरिसकेक यो अस्पतालबाट सुलभ, सुपथ र गुणस्तारीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन ।

अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको  र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको मात्रै सेयर पूँजी रहेको छ । अस्पतालमा प्रसूती सम्बन्धि सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सैं घण्टा इमर्जेन्सी अपरेशनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला (daboratory) सेवा, २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सञ्चालनमा रहेको प्रवन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् ।

६५ जना कर्मचारीहरु कार्यरत अस्पतालमा सम्पूण प्रयोगशाला ओ टी सेट अप, एक्स-रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा म्यान्टिलेटर सहितको एनआईसियू सेवासँगै ल्याप्रोस्कोपी (दुरभिनद्वारा गरिने सल्यक्रिया सेवाहरु) पनि उपलब्ध रहेको छ । अस्पतालको आइतबार औपचारिक समुद्घाटन गरिँदै छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।