ताजा अपडेट »

मिलीजुली सहकारीद्वारा एक दिवसीय सहकारी अभिमुखीकरण शिक्षा कार्यक्रम

शुक्रबार, ०५ माघ २०८०, १९ : ३६
96 Shares
शुक्रबार, ०५ माघ २०८०
96 Shares

बुटवल । मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिनाउ, पाल्पाले तिनाउ-१,कचलमा आफ्ना सदस्यहरु र नयाँ सदस्य बन्न ईच्छुकहरुका लागि एक दिवसीय सहकारी अभिमुखीकरण शिक्षा कार्यक्रम शुक्रबार कचलमा सम्पन्न भएको छ। 

कार्यक्रममा सहकारीकाे ईतिहास,वर्तमान अवस्था,गतिविधिहरु, भविष्यका लक्ष्य,बैंक एवम् सहकारीकाबीच अन्तर,सहकारीका सिद्धान्त र नियमका बारेमा सहकारीका अभियन्ता दलबहादुर गुरुङ र मिलीजुली सहकारीका अध्यक्ष रवीन्द्र पाैडेलले सहजीकरण गरेका थिए। 
समापन कार्यक्रमका प्रमुख अतिथि एवम् तिनाउ गाउँकार्यपालिकाका सदस्य धनीकुमारी बगालेले मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पहिलाे पटक ज्ञानवर्द्वक तालिम लिन पाएकाेमा खुसी प्रकट गर्दै महिलाहरुलाई उद्यमी र व्यवसायिक तालिम दिदै जाओेस् भन्दै शुभेच्छा प्रकट गरिन् । राज्यले सहकारीलाई प्राथमिकता दिएकाे समेत उल्लेख गरिन् । 

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष पदमलाल शाक्य,कमला पाैडेल र महिला उद्यमी दया दर्लामीले सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलतातर्फ उन्मुख गराउन जाेड दिएका छन् । उनीहरुले मिलीजुली  सहकारीलाई नमूना बन्दै जाओेस् भन्दै शुभकामना व्यक्त गरेका छन्। 
कार्यक्रममा सहकारीले आयस्राेत कमजाेर तथा विपन्न  शेयर सदस्यहरुका चारजना सन्तानलाई शैक्षिक सामग्री वितरण गरेकाे थियाे । कार्यक्रम,सचिव लालकुमार श्रेष्ठकाे सञ्चालन  र अध्यक्ष रवीन्द्र पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।