ताजा अपडेट »

अचेल गाउँ

विहीबार, ०४ माघ २०८०, १३ : ३१
342 Shares
विहीबार, ०४ माघ २०८०
342 Shares

फुर्पा तामाङ/ घरहरु स्याहार नपाएर जीर्ण हुँदैछन्
ठोकिएका छन् ढोकामा ताल्चाहरु
उम्रिएका छन् आँगनभरि घाँसपातहरु।

युवाहरु पढ्न  सहर झर्दा
गाउँघर रितिदैंछन्
र, काम खोज्न विदेश पुगेपछि
घरहरु खाली हुँदैछन्
अचेल गाउँका घरहरु जीर्ण हुँदैछन्
ढोकाहरुमा ताल्चा लागेका छन्।

फल्दैनन् अन्नपात खेतबारीमा 
उम्रिदैछन् तीतेपाती र रुख(बुट्यानहरु
देखिन्न गोठ(गाईवस्तुहरु
गोठाले साईंला(माइला र, 
घाँसी सोल्टा-सोल्टीनीहरु पनि उतै पुगेका छन्।

जमिनसँग स्पर्श नहुँदा
जग्गाले धनी र
धनीले आफ्नै खेत चिन्न छाडेका छन्
विदेशिएका छोरा(नातिले
बिर्सिन थालेका छन् आफ्ना नाता र संस्कृति
छुट्टि मनाउन स्वदेश आउँदा
गाउँघर जाने बाटो भुल्न थालेका छन्।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।