ताजा अपडेट »

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छाैँ: उर्जामन्त्री बस्नेत

विहीबार, ०४ माघ २०८०, १३ : २८
152 Shares
विहीबार, ०४ माघ २०८०
152 Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरे ।

‘सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१/२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४/५ सय मेगावाट उत्पादन गर्नेछौं । यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ महिनाको बीचमा, डेढ वर्षको अवधिमा हजार भन्दा बढी विद्युत उत्पादन गर्नसकने अवस्थासम्म आइपुगेका रहेछौं । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौं भन्ने कुरा होइन । हामी उत्पादन गर्न सक्छौं ।’ उनले भने । 

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके उर्जा क्षेत्रका समस्या समाधान हुने बताए । लगानी कर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।