ताजा अपडेट »

पीएम कपमा आज दुई खेल मात्रै : भैरहवामा लुम्बिनीले कर्णालीसँग खेल्ने

बुधबार, ०३ माघ २०८०, ०७ : ०५
98 Shares
बुधबार, ०३ माघ २०८०
98 Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् । आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।

कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने त्रिभुवन आर्मी क्लबले खेलेको एक खेलमा जित हासिल गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।