ताजा अपडेट »

सुजन थपलियाको शतकसँगै कोशीले पुलिसलाई दियो १६७ रनको लक्ष्य

मंगलबार, ०२ माघ २०८०, १३ : ३२
66 Shares
मंगलबार, ०२ माघ २०८०
66 Shares

काठमाडौँ । कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ ।जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अलआउट हुदै १६६ रन बनाएको हो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले १०५ रनको शतकीय पारी खेलेका थिए । उनले १२६ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाएर आउट भएका थिए । अन्य ब्याट्सम्यानले साथ नदिदा कोशी १६६ रनमै समेटिएको छ । थपलिया जारी पीएम कपमा शतक बनाउने चौथो खेलाडी हुन् । यस अघि नेपाल पुलिसका राशिद खानले १०६, एपीएफका सन्दीप जोराले ११२ र त्रिभुवन आर्मीका विनोद भण्डारीले ११३ रन बनाएका थिए ।

कोशी प्रदेशलाई १६६ रनमा समेट्ने क्रममा नेपाल पुलिसका बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए भने ललित राजबंशी र सुनिल धमलाले २-२ तथा राशिद खान, सगर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।