ताजा अपडेट »

अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने

मंगलबार, ०२ माघ २०८०, ११ : ५३
120 Shares
मंगलबार, ०२ माघ २०८०
120 Shares

अयोध्या । अयोध्या राम मन्दिरको उद्घाटन २२ जनवरीमा हुँदैछ । यो ऐतिहासिक क्षणको प्रतिक्षामा सबैजना रुमल्लिएका छन् । 

रामलालाको अभिषेकका लागि बलिउडदेखि राजनीतिक जगतका धेरै ठूला व्यक्तित्वलाई निम्तो दिइएको छ । त्यसको तयारी पनि तिब्र रुपमा भइरहेको छ । यसैबीच, बलिउडकी एक दिग्गज अभिनेत्रीले यस दिन रामायणमा आधारित नृत्य प्रस्तुति दिने खबर आएको छ ।

रामायणमा आधारित यो डान्स ड्रामा अरू कसैले नभई बलिउडकी ड्रीम गर्ल अर्थात् हेमा मालिनीले प्रस्तुत गर्न लागेकी हुन् । हो, यो दिन हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्न लागेकी छिन् । यो कुरा नायिका आफैले एक भिडियोमा सेयर गरेकी छिन् ।

यो भिडियोमा हेमा मालिनी भन्छिन्, ‘जय श्री राम, म पहिलो पटक अयोध्या आउँदै छु र त्यो पनि रामलालाको मन्दिरको उद्घाटन हुने समयमा । जसको लागि मानिसहरु वर्षौदेखि पर्खिरहेका थिए । जगत गुरु पद्मविभूषण तुलसी पीठाधिश्वर जगत गुरु रामनन्द स्वामी रामभद्राचार्य जीको ७५ औँ जन्मजयन्ती १४ जनवरीदेखि २२ जनवरीसम्म मनाइँदैछ ।’

साथै, मन्दिरको उद्घाटन र गुरुदेवको जन्मजयन्तीको उपलक्ष्यमा आगामी जनवरी १७ साँझ ७ बजे अयोध्याधाममा मेरो सम्पूर्ण टोलीसँग रामायणमा आधारित नृत्य नाटक प्रस्तुत गर्न लागेको छु । त्यसैले आउनुहोस्, यो सनातन पर्व मनाउन अयोध्याधाममा सबै मिलेर बसौं।बलिउडकी एक दिग्गज अभिनेत्री हुनुको साथै उनी भारतीय जनता पार्टी (भाजपा) की सांसद पनि हुन् । फिल्मपछि उनी राजनीतिमा सक्रिय छन् । हेमा प्रायः राजनीतिक मुद्दाहरूमा आफ्नो विचार व्यक्त गरिरहेको देखिन्छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।