ताजा अपडेट »

मन्त्रीहरुलाई प्रगती विवरण पेस गर्न एकीकृत समाजवादीको निर्देशन

मंगलबार, ०२ माघ २०८०, १० : ३८
118 Shares
मंगलबार, ०२ माघ २०८०
118 Shares

काठमाडौं। सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री भएकाहरुलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ। 

एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको हो।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी भएपछि गरिएका कामको विवरण पेस गर्न निर्देशन दिइएको बताए।

‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरूले आजसम्म गरेका कामहरू कस्ता छन्, प्रगति कस्तो छ, यसको विवरणसहित तत्काल पार्टीलाई विवरण बुझाउन निर्देशन दिएको छ,’ खतिवडाले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।