ताजा अपडेट »

माघे संक्रान्तीकाे अवसरमा विशेष सांस्कृतिक कार्यक्रम एवम् खाना महाेत्सव

आइतबार, २९ पुस २०८०, १९ : ००
100 Shares
आइतबार, २९ पुस २०८०
100 Shares

बुटवल । रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा मगरहरूकाे माैलिक एवम् सांस्कृतिक पर्व माघे संक्रान्ती सकराटीकाे अवसरमा विशेष सांस्कृतिक कार्यक्रम एवम् खाना महाेत्सव सम्पन्न भएकाे छ ।नेेपाल मगर संघ तिलाेत्तमा १४ वडा समितिकाे आयाेजनामा आइतबार साे सांस्कृतिक कार्यक्रम भएकाे हाे । 

कार्यक्रममा बाेल्दै तिलाेत्तमा १४ का वडा अध्यक्ष आश्विन पाैडेलले सबै समुदायकाे जातिगत कुरा सिक्ने माैका पाएकाे बताए । उनले एउटा समुदायले अर्काे समुदायकाे भावना र संस्कृतिकाे कदर गर्नुपर्ने बताए । प्रमुख अतिथि वडा अध्यक्ष पाैडेलले विशेषगरी सबैले मानसिक विकास गर्नुपर्नेमा जाेड दिए । यस किसिमकाे कार्यक्रमले सबैलाई एउटै धागाेमा बाध्नेसमेत बताए । 
खाना महाेत्सवमा मगर समुदायका खानाहरू काेदाेकाे ढिँडाे , सेलराेटी , खिचडी , तरूल , वन तरूल ,  तिलकाे लड्डु  बटुकलगायतका परिकारहरू महाेत्सवमा राखिएको थियाे । राष्ट्रिय कलाकार तारा सिंजालीकाे सांगीतिक प्रस्तुति रहेकाे नेपाल मगर संघ तिलाेत्तमा १४ वडा समितिले जनाएको छ । नेपाल मगर संघ तिलाेत्तमा नगर अध्यक्ष लिलमाया राना मगरले मगर समुदायका थुप्रै संस्कृति रहेकाे बताउँदै मगर समुदायले वर्षमा एकदिन मात्र नभई हरेक दिन नै जुरमुराउनु पर्ने बताइन् । 

नेपाल मगर संघ जिल्ला समिति पूर्व सचिव कमल थापाले अब मगरहरूले आफ्नाे अस्तित्वलाई बुझेर अगाडि बढ्न अावश्यक रहेकाे बताए । तिलाेत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी , नेपाल मगर संघ तिलाेत्तमा वडा नम्बर १४ का अध्यक्ष  बलबहादुर रानाकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रम बुद्धि थापाले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।