ताजा अपडेट »

खैरो हेरोइनसहित २ जना पक्राउ

आइतबार, २९ पुस २०८०, १५ : ३३
84 Shares
आइतबार, २९ पुस २०८०
84 Shares

कैलाली। भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका-४ बस्ने २७ वर्षीय अभिसेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।