ताजा अपडेट »

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने

आइतबार, २९ पुस २०८०, १४ : ०१
66 Shares
आइतबार, २९ पुस २०८०
66 Shares

काठमाडौं । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ । 

पुस ७ गतेदेखि सो सडकखण्डमा पर्ने तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिँदै आएकोमा आइतबार र सोमबार दुई दिन खुला गरिएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।