ताजा अपडेट »

सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४१ रनको लक्ष्य

आइतबार, २९ पुस २०८०, १३ : १९
152 Shares
आइतबार, २९ पुस २०८०
152 Shares

 

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४० रन बनाएको हो ।

केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए । त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए ।

त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए । त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।

त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।