ताजा अपडेट »

प्रभु साहको आजपाले माघ ११ गते मधेस बन्द गर्ने

शनिबार, २८ पुस २०८०, ११ : ५९
104 Shares
शनिबार, २८ पुस २०८०
104 Shares

रौतहट । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ ।

‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो । 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यि बिभिन्न माग गर्दै आजपाले यस अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । 

सरकारसंग यि माग गर्दै आजपाले यथासिघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने बिषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो । 

 आजपा मधेस प्रदेशका ईन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् । 

‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने । 

आजपाले मधेस बन्द अघि १ देखी ९ माघ सम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाईकल र्याली तथा सोही दिन साझ मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यस अघि आजपाले १० माघमा मधेस बन्द सहित बिभिन्न कार्यक्रम घोषणा गरेको भए पनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो । यसैगरी आजपाले बिरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहको बिशेष सहभागिता सो छलफल भएको थियो । यी बिषयमा आजपाले निरन्तर आवाज उठाउदै आएको तर  सरकारले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिनु परेको आजपा केन्द्रिय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।