ताजा अपडेट »

बुटवल जेसिजको अध्यक्षमा बिनोद घिमिरे

शनिबार, २८ पुस २०८०, १० : ४३
192 Shares
शनिबार, २८ पुस २०८०
192 Shares

बुटवल । बुटवल जेसिजको ५० औँ शाखा अधिवेशनबाट अध्यक्षमा बिनोद घिमिरे निर्वाचित भएका छन् । वर्ष सन् २०२४ को नेतृत्वकालागि भएको अधिवेशनमाअध्यक्षमा  घिमिरे र अर्जुन ज्ञवालीले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा विजेता घिमिरेले ५९ मत प्राप्त गरेका थिए भने उपविजेता ज्ञवालीले ७ मत प्राप्त गरे । यहाँ ६८ भोट थियो ।बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्षमा ५७ मतसहित कमल शर्मा  र ४९ मतसहित माधव पराजुली निर्वाचित भए ।

उपाध्यक्षमा प्रकाश गैरे , अनिल पौडेल,मनोजलाल श्रेष्ठ,बिशाल  पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । जेसीजको बिधान अनुसार महासचिव केशब श्रीस, कोषाध्यक्षमा यदुमणि पोखरेल र कानुनी सल्लाहकार मोहन न्यौपाने र सिइए टु प्रेसिडेन्टमा अर्जुन ज्ञवालीलाइ अध्यक्षले मनोनित गरेका छन् ।

त्यस्तै सहसचिवमा बाबुराम लम्साल र सहकोषाध्यक्षमा सरोज पोखरेल चयन भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।