ताजा अपडेट »

६० किलो गाँजासहित दुईजना पक्राउ

शुक्रबार, २७ पुस २०८०, १५ : ४९
104 Shares
शुक्रबार, २७ पुस २०८०
104 Shares

 

उदयपुर । उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्।

उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका-७ देउलीकुनाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुबैलाई गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।