ताजा अपडेट »

सामुदायिक वनका अवस्था,अध्ययन र अवलोकन गर्न वडागत अभियान सञ्चालन

शुक्रबार, २७ पुस २०८०, १५ : ३३
242 Shares
शुक्रबार, २७ पुस २०८०
242 Shares

बुटवल । सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाले तिनाउ गाउँपालिकाभित्र रहेका सामुदायिक वनका अवस्था,अध्ययन र अवलोकन गर्ने हेतूले संरक्षणका लागि वडागत अभियान सञ्चालन गरेको छ । तिनाउ गाउँपालिकाभित्रका ६ वटै वडाहरुमा पुगेर सामुदायिक वनका वर्तमान अवस्था, हिसावकिताव, बैठक,आमभेला, साधारणसभा ,अधिवेशन र कार्ययोजनाका विषयमा छलफल गर्ने उद्देश्यका साथ पौष २० देखि माघ २६ गतेसम्म उक्त अभियान सञ्चालन गरिने कार्यक्रमका संयोजक एवम् समितिका सचिव दिनेश जीसीले बताए । 

वडा नं २  का वडाध्यक्ष एवम् तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले  वनलाई संरक्षण गर्दै सही सदुपयोग गर्न सबै सावउसहरुलाई अनुरोध गरे ।  साथै उनले  आफ्नो वडाले वन र वातावरण जोगाउन सक्दो पहल गरेको समेत बताए । उनले सामुदायिक वनहरु आफ्नै लागि गठन भएका हुन् भन्ने कुरा सबै उपभोक्ता समूहलाई बुझाउनु पर्ने कुरामा जोड दिए ।  सोही अनुसार पौष २७ गते ,शुक्रबार तिनाउ २, दोभानमा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका अध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन समन्वय समिति,तिनाउले गर्दै आएका गतिविधिहरु र सहभागीले वन,वातावरण र जैविक विविधता संरक्षणमा उठाएका जिज्ञासा मेटाएका थिए । उक्त कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय,सचिव दिनेश जीसी, पूर्वअध्यक्ष राजेश श्रेष्ठ,पदमलाल शाक्य,खगेन्द्र खड्का,अमरसिंह भण्डारी,कुम्भकला खड्का,शुक्रबहादुर बिक,गीता थापा,मञ्जु थापा,हरिकला कुमाल,जुद्वबहादुर थापा,लक्ष्मी श्रेष्ठ,इन्द्रबहादुर गाहा,रिजन राना,मोन बिक,टीकाराम लम्साल लगायतले सामुदायिक वनलाई जनताको  धनका रुपमा प्रयोग गर्न पहल गर्नुपर्नेमा जोड दिए । साथै यनीहरुले डढेलो नियन्त्रणलाई सबै सावउसहरुले प्राथमिकतामा राख्नुपर्ने बताए । 

वनमा ढलापडालेमात्र आम्दानी बढाउने कल्पना नगर्न समेत  अनुरोध गर्दै तिनाउ सबडिभिजन वन कार्यालयका फरेष्टर नारायण घिमिरेले आयमुखी वृक्षरोपण गर्न जोड दिए । उनले वनले खर्च गर्न पाउने शीर्षकका बारेमा समेत जानकारी गराए । कार्यक्रममा समृद्धिका लागि वन परियोजनाका संयोजक रमेश थापाले आफ्नो परियोजनाका बारेमा सूचिकृत गरेका छन् ।। तिनाउ(२ दोभानमा रहेका १७ वटा सावउसमध्ये १४ सावउसका पदाधिकारीहरुको सार्थक सहभागिता रहेको उक्त कार्यक्रममा प्राविधिक एवम् आर्थिक सहयोग तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका,बुटवलले गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।