ताजा अपडेट »

अज्ञात समूह द्वारा गाडीमा आगजनी

शुक्रबार, २७ पुस २०८०, १४ : ५१
190 Shares
शुक्रबार, २७ पुस २०८०
190 Shares

रौतहट । रौतहटको काटहरिया नगरपालिका ५ स्थित  गएराती एक गाडीमा आगजनी भएको छ ।  स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो हेरेर छिमेकी संगै सोनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन। आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।