काठमाडौं। छिमेक लघुवित्तको पुस २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यक्त सभामा गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया