ताजा अपडेट »

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु : मृत्यु हुनेको संख्या ११ पुग्यो

विहीबार, २६ पुस २०८०, १९ : ५२
224 Shares
विहीबार, २६ पुस २०८०
224 Shares

काठमाडौं । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ। रुसी सेनामा आबद्ध प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनारको ज्यान गएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए।रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस पुगेर सेनामा भर्ना भएका थिए।

रुस-युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ। यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।