ताजा अपडेट »

‘प्रविधिको विकाससँगै मिथ्या सूचना बढ्यो, नियमन गर्नुपर्छ’

विहीबार, २६ पुस २०८०, १७ : ३४
138 Shares
विहीबार, २६ पुस २०८०
138 Shares

बुटवल । प्रविधिको विकाससँगै मिथ्य सूचना बढेकाले सचेत हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सेन्टर फर मिडिया रिर्सच नेपालले विहीबार बुटवलमा आयोजना गरेको सूचनाको चलखेल र लोकतन्त्र विषयमा सरोकारवालहरुसँगको छलफल विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । 

छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे, तारा थापा, भगवती अधिकारी, जमुना ढकालले  पछिल्लो समयमा मिथ्य सूचना बढेकाले सचेत हुनु पर्ने बताएका थिए । मिथ्या सूचनाको नियन्त्रणका लागि कानुन नै बनाउन आवश्यक रहेको बताउँदै उनीहरुले यसको लागि आफुहरुले पहल गर्ने बताएका थिए । 

नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मिथ्या सूचना पहिला पनि हुने गरेको भए पनि प्रविधिको विकाससँगै पछिल्लो समय धेरै भ्रामक र गलत सूचना आउने गरेको बताए । नेकपा एमालेका बुटवल उपमहानगरपालिका अध्यक्ष किशन ज्ञवालीले पनि मिथ्या सूचनालाई सरकारले नियमन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । 

सेन्टर फर मिडिया रिर्सच नेपालका कार्यकारी निर्देशक तिलक पाठकले मिडिया र सोसियल मिडियालाई पाठकले एउटै रुपमा हेर्ने र सूचनाको चलखेल हरेक क्षेत्रमा हुने गरेको बताए । साथै पाठकले सातै प्रदेशका सरोकारवालहरुसँग छलफल गरेर आएको निष्र्कष सरकार र राजनीतिक दललाई बुझाउने बताए। छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसी, प्रेस चौतारीका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही अध्यक्ष कबिन्द्र नेपाल, संचारिका समूह रुपन्देही अध्यक्ष निरु गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, पत्रकार सुदिप भण्डारी, प्रकाश खनाल लगायतले छलफलमा भनाई राखेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।