ताजा अपडेट »

लागूऔषधसहित ८ जना पक्राउ

विहीबार, २६ पुस २०८०, १७ : ०७
148 Shares
विहीबार, २६ पुस २०८०
148 Shares

काठमाडौं। काठमाडौं, माेरङ र बर्दियाबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका-३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।