ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

विहीबार, २६ पुस २०८०, १६ : ३९
190 Shares
विहीबार, २६ पुस २०८०
190 Shares

बुटवल।  उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर ९समिल० र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समिति गठन गरिएको उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराए । 

निर्माण व्यवसायी समितिको समन्वयकर्ता कार्यसमिति सदस्य निर्मित कसजू, फर्निचर (समिल) समितिको समन्वयकर्ता कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको समन्वयकर्ता कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्य रहेका थिए । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्योसंगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी गराए। गठित बस्तुगत समितिले सम्बन्धित बस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या र उठान गरेर संघमा जानकारी गराउन आग्रह गरे ।

निर्माण व्यवसायी बस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ । त्यस्तै फर्निचर (समिल) बस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन गरिएको छ । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकारमा चयन गरिएको छ ।

ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको छ । संघमा यस अंगाडि २४ वटा बस्तुगत समिति गठन भईसकेका छन् । कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, फर्निचर बस्तुगत समितिका सल्लाहकार जीवकान्त काफ्ले, सावित्रा टण्डन, अशोक बर्मा लगायतले भनाई राखेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।