ताजा अपडेट »

सुनको भाउ पनि घट्यो

विहीबार, २६ पुस २०८०, १४ : ११
316 Shares
विहीबार, २६ पुस २०८०
316 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो । सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

 त्यसैगरी, बिहीबार चाँदीको भाउ भने स्थिर रहेको माहासंघले जनाएको छ।बिहीबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोहीमूल्यमा चाँदीको कारोबार भएको थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।