काठमाडौं अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौं-३२ कोटेश्वर बस्ने २५ वर्षीय पूजन साँवा, सर्लाही बागमती नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २१ वर्षीय निशानराज कार्की र सर्लाही बरथहवा नगरपालिका-११ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने २५ वर्षीय निशान गौतम रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अनलाइनमार्फत् विभिन्न खेलहरूमा बाजी राख्दा जितिन्छ भन्दै उनीहरूले सट्टेबाजी खेलाउने गरेको सूचना पाएपछि प्रहरी खोजीमा थियो। उनीहरूले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डालगायत एप्लिकेसनमार्फत् अनलाइनमा जुवा खेलाउने गरेका थिए। क्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए।
प्रतिक्रिया