ताजा अपडेट »

के इमरान हासमी डन ३ मा देखिन थालेका हुन ?

विहीबार, २६ पुस २०८०, ०८ : ५०
140 Shares
विहीबार, २६ पुस २०८०
140 Shares

मुम्बई । ‘डन–३’ घोषणा भए देखि नै फ्यानहरू यसको कलाकारको बारेमा जान्न उत्सुक छन्। यस पटक रणवीर सिंह मुख्य भूमिकामा नभई शाहरुख खान रहनेछन् भन्ने कुरा निर्माताले दिएको पहिलो झटका थियो । अब यसको कलाकारको नयाँ अपडेट आउँदैछ। इमरान हाशमी  ‘डन ३’ मा प्रवेश गर्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।  खासमा यो खबर कसरी बाहिरयो त ? भन्ने कुरा रोचक छ ।

फरहान अख्तर र रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्ट प्रोडक्सन हाउसले  ‘डन’ फ्रेन्चाइजलाई नयाँ शैलीमा प्रस्तुत गरेको थियो । जहाँ शाहरुख खान मुख्य भूमिकामा थिए र यो फ्रेन्चाइज सुपरहिट भयो। अब जब इमरान हाशमी एक्सेल इन्टरटेनमेन्टको अफिस बाहिर देखिए, तब मानिसहरूले उनको यो फिल्ममा प्रवेश हुन सक्ने अनुमान गर्न थालेका हुन् । डन फ्रेन्चाइजी सन् १९७८ मा सुरु भएको थियो । जब अमिताभ बच्चन मुख्य भूमिकामा थिए। गीत होस् वा कथा, सबैलाई मानिसहरूले मन पराएका छन्। त्यसपछि फरहान अख्तरले ‘इन्डियन अंडरवर्ल्ड बॉस’ थिममा नयाँ ट्विस्ट थपे। सन् २००६ मा उनले यो सिरिजको रिमेक गरेर सुरु गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।