ताजा अपडेट »

सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने

बुधबार, २५ पुस २०८०, १६ : ३९
122 Shares
बुधबार, २५ पुस २०८०
122 Shares

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।