ताजा अपडेट »

बुटवल देविनगरको प्रगति माविले रजत महोत्सव मनाउँदै

बुधबार, २५ पुस २०८०, १४ : ५०
300 Shares
बुधबार, २५ पुस २०८०
300 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती महोत्सव २०८० मनाउने भएको छ । विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सबको अवसरमा विद्यालय ब्यवस्थापन समितिले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउने भएको हो ।

विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरि वार्षिकोत्सव मनाउन विभिन्न तयारी उपसमितिहरु गठन भएको बताईन । विद्यालयस्तरीय खेलकुद, साँस्कृतिक झाँकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम गरि मनाउने भएको उनले बताईन ।

कार्यक्रममा विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिँदै आएको बताए । श्रमिक, गरिब, जनताका छोराछोरीहरुलाई शिक्षा दिँदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए ।

वि.स. २०७२ सालमा भुकम्पबाट प्रभावित विद्यालय पुर्ननिर्माण गर्न नसकिएको उनले बताए । विद्यालयले पहिलोपटक प्रगति मावि स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए । विद्यालयका सल्लाहकार भोज बहादुर केसी, विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष लोकनाथ शर्माले विद्यालयमा सबैको सहयोग जरुरी रहेको बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थी अध्ययरत छन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।