ताजा अपडेट »

आज तराई क्षेत्रमा हुस्सु र शितलहर

बुधबार, २५ पुस २०८०, ०७ : २५
204 Shares
बुधबार, २५ पुस २०८०
204 Shares

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका अधिकांस जिल्लामा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ। केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।