ताजा अपडेट »

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मंगलबार, २४ पुस २०८०, १८ : ४५
170 Shares
मंगलबार, २४ पुस २०८०
170 Shares

बुटवल । बारम्बार मेरो भबिष्य उज्ज्वल बनाउनु छ। त्यसैले अझै पढ्नु छ भनि रहेकी सरोजि न्यौपानेको को सपना पुरा भएको छ  । साहासि कदम नेपालको पहलमा आज बुटवल बहुमुखी क्याम्पसको भर्ना शाखामा पुगेर बि ए सोसियोलोजि संकायमा भर्ना गरिएको साहासि कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानाले बताईन ।

प्लास टुसम्म पुरुषको पहिचानबाट अध्ययन गर्दै आएकी सरोजि आज  आफनै पहिचानबाट  अध्ययन गर्न पाउदा निकै खुसि लागेको बताउछिन । "आफ्नो पहिचान अनुसार पढन लेख्न तथा बैदेशिक अध्ययन एंव रोजगारिका लागि सहज बतावरण बनाउन बारम्बार वकालत गर्दै आइरहेका थियौ । बुटवल बहुमुखि क्याम्पसमा सरोजीको भर्ना हुनु भनेको हाम्रो समुदायले सहज अध्ययन गर्न पाउने  ढोका खुलेको  हो "साहासि कदम नेपाल रुपन्देहीका प्राविधिक सल्लाहकार रेशम न्यौपानेले बताए ।

त्यस्तै  साहासि कदमका कानुनी अधिकृत्त रोज मगरले अब सरोजी न्यौपाने यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान बाट अध्ययन गर्न पाउने पहिलो व्यक्ति भएका दावि गर्दै आउदा दिनमा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति  समाजमा खुलेर पढन लेख्न तथा हिडडुल गर्न सक्ने र घरपरिवारले परि सहज स्विकार गर्न सक्ने अपेक्षा लिएको बताईन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।