बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सचिव राजु गुरुङले राजीनामा दिएका छन् ।
गुरुङले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीको साधारण सदस्य समेत नगरी पार्टी छाडेको उल्लेख गरेका छन् । उनी केही महिना यतादेखि नेकपा एकीकृत समाजवादीमा सक्रिय देखिएका थिएनन् । पार्टीबाट राजीनामा दिएको विज्ञप्ती गुरुङले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार दिउँसो राखेका थिए ।
प्रतिक्रिया