ताजा अपडेट »

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या २० पुग्यो

आइतबार, २६ माघ २०७६, ०९ : १३
18 Shares
आइतबार, २६ माघ २०७६
18 Shares

माघ २६,

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा २० जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ । –रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।