ताजा अपडेट »

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

मंगलबार, २४ पुस २०८०, ०९ : ००
40 Shares
मंगलबार, २४ पुस २०८०
40 Shares

काठमाडौं । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ । जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो । खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबारमात्र निधन भएको थियो ।

बेकनबाउर पछिल्ला समय मुटुको समस्याबाट पिडित थिए । उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।