ताजा अपडेट »

लुम्बिनीमा माओवादीका झक्कु सुवेदीले गराए उम्मेदवारी दर्ता

सोमबार, २३ पुस २०८०, १४ : ४३
112 Shares
सोमबार, २३ पुस २०८०
112 Shares

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । 

सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए ।

लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ पालिकाका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।