ताजा अपडेट »

अझै सम्पर्कमा आएनन् बुटवलका सुदीप ज्ञवाली, खोजीका लागि परिवारको अपील

सोमबार, २३ पुस २०८०, १३ : १९
644 Shares
सोमबार, २३ पुस २०८०
644 Shares

बुटवल । दुइै हप्तादेखि सम्पर्कविहिन बनेका बुटवलका सुदीप ज्ञवाली अझै भेटिएका छैनन् । अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनेर हिँडेका सुदीप परिवारको सम्पर्कमा नआएका हुन् । पुस १२ गते काठमाडौंको धापासीबाट बुटवल हिँडेका ३५ वर्षीय ज्ञवाली सम्पर्कमा नआएपछि परिवारले ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगञ्जमा खोजीगरी पाँउ भनी निवेदन दिएका छन् ।

बुटवल उपमहानगरपालिका-१२ मा निवासी ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौं बस्दै आएका थिए । उनका श्रीमती र छोरा भने बुटवलमै बस्दै आएका छन । ‘१२ गते साँझ ७ः१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, उनकी श्रीमती झरना ज्ञवालीले भनिन् ।

काठमाडौं बसपार्कमा बुझ्दा समेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको परिवारले जनाएको छ । ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधि कम्पनीमा एमआरको रूपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइल लोकेशन देखाएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।