काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक भोलि दिउँसो आइतबार केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि स्थगित भएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको मिति सारिएको जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया